काठमाडौं ।साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.४० अंकले बढेको हो ।
आज ३१८ स्क्रिप्सको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँमा खरिदबिक्री भए।
नेप्से सामान्य अंकले बढेपनि एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो। कारोबारमा आएकामध्ये ८७ स्टक्सको मूल्य बढ्दा १६२ वटाको घट्यो।


