काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउँसो साढे १ बजे आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ।
यो मौद्रिक नीति प्रा।डा। विश्वनाथ पौडेलले राष्ट्र बैंकको गभर्नरको कार्यभार सम्हालेपछि ल्याउन लागेको पहिलो नीति हो।
यसका लागि पौडेलले बिहीबार राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक राखेर छलफल गरेका छन्। राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिपछि गर्भनर पौडेलले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हुन्।
आज राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिलाई समग्र आर्थिक क्षेत्र, बैंक तथा वित्तीय संस्था र सेयर बजारका सहभागीले चासोका साथ हेरेका छन्।


