काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काममा ढिलासुस्ती भएको स्वीकारोक्ति गरेका छन् ।
उनले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने भन्दै उनले बताए । आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताए।
तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दासमेत नसकेको स्थिति रहेको बताए। उनले अहिले जलवायु परिवर्तनका कारण अनौठो समस्या आइरहेको बताए।


