काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ह्वात्तै बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।
आइतबार तीन सय २३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो ।
आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो ।


