काठमाडौं । सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै नेपाली सेनाका सहायक रथी रोशन खड्का बर्खास्त भएका छन्। उनलाई सैनिक विशेष अदालतले बिहीबार यस्तो फैसला सुनाएको हो।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको (कोर्टमार्सल) थियो।
अवकाश भइसकेका दुई जनासहित चार जनाले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको सैनिक अदालतले ठहर गरेको हो।


