काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको सरुवा भएको छ ।
सरकारले भट्टराईको ठाउँमा लीला प्रसाद शर्मालाई पठाएको हो ।
शर्मा यसअघि गृह मन्त्रालयमा रहेका थिए। उनलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा तानिएको थियो। शुक्रबार कैलाली कारागारमा भएको झडप प्रकरणमा महानिर्देशकको जिम्मेवारी फेरिएको बताइएको छ।


