काठमाडौं । गृह मन्त्रालयले कारागार झडप प्रकरणपछि कैलालीका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय तानेको छ ।
गृहले कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै त्यहाँका सीडीओ गोगनबहादुर हमाललाई मन्त्रालय तानिएको हो।
नयाँ सीडीओमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइएको छ। हमाललाई गत पुसमा गृहबाट कैलाली प्रशासन खटाइएको थियो ।
गत साता कैलाली कारागारमा झडप हुँदा एकजनाको मृत्यु भएको थियो। झडपमा ४७ जना कैदीबन्दी घाइते भएका थिए।
कैदीबन्दी आक्रामक बन्दा दुई दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो । मानव अधिकार आयोगको टोलीले पनि कारागार निरीक्षण गरेको थियो ।


