काठमाडौं । हिमालय एअरलाइन्स्ले अगस्ट ३०, २०२५ मा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको जनवादी गणतन्त्र चीनको तिआन्जिनको औपचारिक भ्रमणको लागि विशेष कूटनीतिक उडान सञ्चालन गरेको छ ।
उक्त उडानमा सम्माननीय प्रधानमन्त्री, वहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्यज्यूका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डे, आर्थिक तथा विकास सल्लाहकार माननीय श्री युवराज खतिवडा एवम् विभिन्न उच्च पदस्थ सरकारी अधिकारीहरूसहितको प्रतिनिधिमण्डल पनि रहेको छ । प्रतिनिधिमण्डल सेप्टेम्बर ३, २०२५ मा हिमालयको एयरबस ३२०–२१४ मा बेइजिङ्गबाट नेपाल फर्कने कार्यक्रम रहेको छ ।
उक्त अवसरमा हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) श्री विजय श्रेष्ठ पनि सम्माननीय प्रधानमन्त्री र भ्रमण टोलीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।