काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू नेतृत्व लिन तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। उनले मंगलबार काडमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले युवाहरूको समय रहेको बताएका हुन्।
‘यो युवाहरूको समय हो। युवाहरू अगाडि बढ्नुपर्छ। युवाहरूले गर्नसक्नुपर्छ। यो कुरा थाहा पाएपछि भन्छन्- तपाईंले किन पद नछोडेको ? म त छोड्न तयार नै छु नि। युवाहरू तयार हुनुपर्यो नि त। म इन्करेज गर्न चाहन्छु युथहरूलाई।’
प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताए।


