काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठ र बाटोको निकास सम्बन्धी विवादमा निवेदक रहेका रविन कुमार श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूमाथि दुई लाख विगो र जरिवाना माग गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।


