काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) लाई आकस्मिक रुपमा मन्त्रालय तानेको छ । मन्त्रालयले हालैमात्र पर्साको प्रजिअबाट गृहमा आएका सहसचिव गणेश अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनाएको छ । अर्याल गत वर्ष गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका थिए ।
अर्यालले पत्रकार सम्मेलन गरेरै वीरगञ्ज महानगरपालिकाका मेयरसँगको टसलका कारण आफ्नो सरुवा भएको दाबी गरेका थिए। उनले सेवामा सहजताका लागि स्थानीय भाषामा सूचना प्रणाली, हेल्प डेस्क स्थापना तथा सीमा क्षेत्रमा हुने झमेलालाई रोक्न एकीकृत सुरक्षा प्रणाली ल्याउन धेरै नै प्रयास गरेका थिए ।
यसैगरी गृहले भोजपुरमा प्रजिअ रहेका बाबुराम गौतमलाई मन्त्रालयमा तानेर त्यहाँ सहसचिव शिवलाल तिवारीलाई खटाइएको छ ।


