नेप्सेमा नकारात्मक सर्किटपछि ‘एक्सन’ मा अर्थमन्त्री, अध्ययन कार्यदल बनाए
काठमाडौं । जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा ‘पहिरो’ गएपछि अर्थमन्त्री रामेश्वर खनालले अध्ययन कार्यदल गठन गरेका छन् ।
नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शेयर बजारका समस्या अध्ययन गर्न कार्यदल गठन गरिएको हो । जसको सदस्यहरूमा नेपाल राष्ट्र बैंकको निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फूँयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।


