काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्नेमा जोड दिएका छन् ।
उनले भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा यस्तो धारणा राखेका हुन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६ ले विभिन्न निकायलाई समन्वयकारी भूमिका दिए पनि आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२ मा स्पष्ट ‘चेन अफ कमाण्ड’ नतोकिँदा फिल्डमा प्रतिकार्यको नेतृत्व कसले गर्ने भन्नेमा प्रारम्भिक चरणमा सेना, सुरक्षा तथा नागरिक निकायबीच सञ्चालनगत द्विविधा देखिएको उनले अनुभव सुनाए ।
