काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न आफू सदैव प्रतिवद्ध रहेको बताएका छन्
उनले आज आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गर्ने क्रममा यस्तो धारणा राखेका हुन् ।
साथै, उनले राज्यको नीति निर्भिकता, निष्पक्षता र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध रहेको पनि राष्ट्रपतिलाई बताए ।
‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धनको लागि आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी प्रभावकारिताका साथ निर्वाह गर्न र राज्यको नीति निर्भिकता, निष्पक्षता र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध छ,’ राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउँदै राईले राखेको भनाइ उद्धृत गर्दै अख्तियारले भनेको छ ।


