काठमाडौं । बुङ्गल हाइड्रोपावरको आइपीओ आज बाँडफाँट भएको छ ।
बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच सेयर बाँडफाँट गरेको हो । कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका थिए । स्वीकृत आवेदन २१ लाख ४३ हजार २५० रहेका थिए ।
यीमध्ये १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १९ लाख ७३ हजार १ सय आवेदकको हात रित्तो भएको छ । उक्त आइपीओ भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि खुलेको थियो ।


