काठमाडौं । दुई दिन दगातार उच्च अंकले बढेको सेयर बजार आज भने २७.८९ अंकले घटेको छ ।
यस दिन चार अर्ब १२ करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएका थियो ।
५३ कम्पनीको सेयर मूल्य बढेको छ । १९३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी र सिटी होटेलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
युनियन हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ ।


