काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने निर्णय गरेका छन् । उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।
सरकारबाट पाउन अन्य सेवा सुविधा पनि कम मात्रै लिन उनको आशय छ । सुरक्षाका कारण देखाइ उनले सुरक्षाकर्मी र आवास भने प्रयोग गर्ने बताए ।
उनले भने, ‘सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी र आवासबाहेक अन्य कुनै सुविधा लिनेछैन ।’


