काठमाडौं । आज प्रायः धेरै प्रदेशमा भारी वर्षा हुने मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग, मधेस प्रदेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।


