काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
एनपिएलको यो शृंखलाको पाँचौँ खेलमा दुई टोली दिउँसो ४ बजे टीयु क्रिकेट मैदान, कीर्तिपुरमा उत्रिँदैछन् ।
लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रन लागेको हो भने चितवन राइनोज कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। आज हुने एकमात्र खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ।
पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ।


