काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय संवेदनशील भएकाले सबै विषयमा पहिला नै बताउन नमिल्ने जिकिर गरेका छन् ।
पछिल्लो समय आफ्नोबारे उठेका प्रश्नको जवाफ दिदै उनले मन्त्री अर्यालले आफ्नो प्रतिक्रिया सामाजिक संजालबाट सार्वजनिक गर्दै पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकासमा लैजाने अभिभार पूरा गर्ने प्रष्ट पारेका छन् ।
गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।


