काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले २३ जना अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरुवा सूचनाअनुसार २१ जना प्रमुख नापी अधिकृत र दुई जना प्रमुख मालपोत अधिकृत (उपसचिव) को जिम्मेवारी हेरफेर गरिएको हो।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख नापी अधिकृत जनकराज भट्टलाई महेन्द्रनगर, किशनसिंह बिष्टलाई नवलपरासी, सञ्जय छतकोलीलाई चाबहिल, सुदर्शनसिंह धामीलाई बेलबारी, अनिल कुँवरलाई लगनखेल, शिवप्रसाद लम्साललाई झापा, पूर्णप्रसाद पाण्डेलाई भक्तपुर र सुदिप श्रेष्ठलाई कलंकीमा सरुवा गरिएको छ।
को कहाँ पुगे ?
Saruwa1_Saruwa2_merged_gn4dggu (1)


