काठमाडौं । राष्ट्रिय किताबखाना र राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागबीच डिजिटल सेवा प्रवाहका लागि आवश्यक डिजिटल आईडी (National Identity Number) साझेदारी गर्न दुई विभागका महानिर्देशकबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।
समझदारीअनुसार राष्ट्रिय किताबखानाले आफूले प्रदान गर्ने सेवाका लागि आवश्यक पर्ने निवृत्त कर्मचारीहरूको जैविक विवरण (Biometric Details) अब राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागको प्रणालीबाट सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछ।
सम्झौतामा राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरे ‘सेवा प्रदायक’ र राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेल ‘सेवा अनुरोधकर्ता’ को रूपमा सहभागी थिए।


