काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ ।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो । आज विजयी हुने टोली फाइनलमा पुग्ने छ ।
