काठमाडौं । अख्तियारका दुई सहसचिव एकैपटक सचिवमा बढुवा भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनतर्फका सहसचिव राजेन्द्र कुमार पौडेललाई र कानुनतर्फका बरिष्ठ सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरेको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा हुने बढुवा समितिले पौडेलसहित वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो ।
सापकोटाको बढुवासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ भने राजेन्द्र कुमार पौडेललाई कोशी प्रदेशमा पठाइएको छ ।


