काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै मितिमा चुनाव हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सव–२०८२ को उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
अगामी निर्वाचनबाट २३ र २४ भदौमा युवाहरूले उठाएका भ्रष्टाचार मुक्त, सदाचार युक्त र विधिमा आधारित असल शासन स्थापना गर्न सक्ने सरकार निर्माण गर्नका लागि भए पनि सबैले चुनावको वातावरण बनाउनतर्फ लाग्नुपर्ने समेत उनको भनाइ थियो ।


