काठमाडौं । गृह मन्त्रालयले २ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । मन्त्रालयको हिजो डोल्पा र बझाङ जिल्लामा नयाँ प्रजिअ खटाएको हो ।
सरुवा अनुसार, जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय डोल्पामा प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ भने मुकेश कुमार केशरीलाई जिल्ला प्रशासन कार्यालय, बझाङमा पठाइएको छ । उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत थिए ।
यसैगरी जिल्ला प्रशासन कार्यालय, डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई जिल्ला प्रशासन कार्यालय, पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा र जिल्ला प्रशासन कार्यालय, बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीलाई जिल्ला प्रशासन कार्यालय दैलेखको सहायकको जिम्मेवारीमा पठाइएको छ ।
यस्तै गृहबाट नवराज बराललाई जिल्ला प्रशासन कार्यालय, बागलुङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिँदा भविश्वर घिमिरेलाई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा र उपसचिव कृष्णप्रसाद गैरेलाई जिल्ला प्रशासन कार्यालय, धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
सरुवाको सूची अनुसार, जिल्ला प्रशासन कार्यालय, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई गृह मन्त्रालयमा फिर्ता भएका छन् ।


