काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले युवा मतदातालाई आकर्षित गर्न सामाजिक सञ्जाल महत्त्वपूर्ण हुँदै गएको बताएका छन् ।
नेता कोइरालाले आज काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा यस्तो धारणा राखेका हुन् ।
‘मतदाता डिजिटल भएका छन् । युवा मतदातालाई प्रभाव पार्न डिजिटल प्लेटफर्ममा हामी अघि बढ्नुपर्छ,’ नेता कोइरालाले भने, ‘जनतामाझ पुग्ने कुरा छँदै छ । आजभोली सञ्जालबाट निर्वाचन प्रभावित हुन थालेको छ ।’ कतिपय निर्वाचन क्षेत्रमा मतदाताले प्रत्यक्ष उम्मेदवार नचिने पनि सञ्जालमा गरिने प्रचारकै कारण निर्वाचन प्रभावित हुँदै गएको उनको भनाइ थियो ।


