काठमाडौं । सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेको र गलत लिखत तयार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसहित ९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार बाँकेको नेपालगन्जस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रक्रियामा संलग्न भएको भन्दै केसीसहितका कर्मचारी र बिचौलियालाई प्रतिवादी बनाइएको छ। मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू र जग्गाधनी भनिएका व्यक्तिहरू रहेका छन्।


