काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासा आएको भन्दै उनले सोहीअनुसारको सेवासुविधा दिन सरकारसामु आग्रह गरेका छन् ।
बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले भने, “कसैले बिजनेस क्लासको टिकट किनेको छ, प्रिमियम तिरेको छ भने अध्यागनमनको लाइनमा उसले त्यहीअनुसारको सुविधा खोज्छ । हामीले गर्ने डिजिसजन कतिपय सरसर्ती हेर्दा अध्यागमनमा नेपालीलाई त ठीकै छ तर विदेशीले तिरेको प्रिमियमअनुसार सुविधा पाएका छैनन् ।”


