काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। भेटमा दुई पार्टीका अध्यक्षहरूबीच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।
अध्यक्ष लिङ्देन पृथ्वी जयन्तीको अवसरमा राप्रपाले गर्ने चियापानको निम्तो दिन देउवा निवास पुगेका थिए।


