काठमाडौं । लोकसेवा आयोगले रा.प.द्वितीय श्रेणी उपसचिव (अप्राविधिक) पदका लागि तय गरिएको परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै यसअघि सार्वजनिक गरिएको तालिका कार्यान्वयन नगर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगले कर्मचारीहरू निर्वाचनको काममा केन्द्रित हुनुपर्ने र उनीहरू परीक्षाबाट वञ्चित हुन नहुने भनेपछि लोकसेवा आयोगले यस्तो निर्णय लिएको हो।


