काठमाडौं । ८ शाखा अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उनीहरुलाई समितिको हिजो बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिका अनुसारबढुवा सिफारिस भएकाहरुमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदका लागि रामशरण आचार्य, सुमन गिरी, प्रवेश रेग्मी र सम्पत न्यौपाने रहेको छन् ।
यस्तै, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाईवे उपसमूहतर्फ नरेश प्रसाद केशरी र किरण सुवेदी रहेका छन् भने नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूहतर्फ अंकितमान श्रेष्ठ र ज्योती तामाङ पनि बढुवाका लागि सिफारिस भएका छन् ।
