काठमाडौं । गृह मन्त्रालयले नुवाकोट र बाग्लुङमा नयाँ सिडिओ खटाएको छ । मन्त्रालयले आज उनीहरुलाई जिम्मेवारी दिएको हो ।
मन्त्रालयका अनुसार बाग्लुङमा कृष्णप्रसाद आचार्यलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने नुवाकोटमा शम्भुप्रसाद रेग्मीलाई पठाइएको छ।
उनीहरू दुवै सहसचिवको लाइनमा छन्। सिनियरको आधारमा उनीहरूलाई खटाएको गृहमन्त्रालयले जनाएको छ।


