काठमाडौं । – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार ९आज० इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुने खेलमा पहिलोपटक विश्वकप क्रिकेट खेलिरहेको इटाली टोली पनि अनुभवी टोली नेपाललाई हराउने रणनीतिमा हुनेछ।
नेपाल भने तेस्रोपटक विश्वकप क्रिकेटमा सहभागी भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलिसकेको छ।


