बागलुङ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा सबैखाले अतिवाद र विध्वंशकारीका विरुद्ध राष्ट्रलाई एकताबद्ध बनाउनु पर्छ भन्ने प्रवृत्तिबीच प्रतिष्पर्धा हुने बताएका छन् ।
बागलुङको बुत्र्तिबाङमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आसन्न निर्वाचनमा उम्मेदवारहरुबीच मात्र नभई देशलाई विध्वंस गर्ने तत्व, प्रवृत्ति, त्यसलाई मलजल गर्ने विदेशी तागतहरू र सबैखाले अतिवाद र विध्वंशकारीका विरुद्ध राष्ट्रलाई एकताबद्ध बनाउनु पर्छ भन्ने प्रवृत्तिबीच प्रतिष्पर्धा हुने बताए ।
भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको बताउँदै उनले त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर संकटबाट जोगाएको दावी गरे ।


