काठमाडौं । २ लाख घुससहित पक्राउ परेका मालपोत कार्यालय, धुलिखेलका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी भ्रष्टाचारको मामलामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार उनलाई दोषी ठहर गरेको हो ।
असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९एन्फा०ले उनलाई सेवाग्राहीसँग दुई लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको थियो। काभ्रेपलाञ्चोकको साबिक दोलालघाट–७ स्थित फिल्डबुकमा दर्ता छुटेका जग्गा मालिकको नाममा छुट दर्ता गर्न खरिदार भण्डारीले घुस माग गरेको खुलेको थियो।
विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा उनलाई दोषी ठहर गर्दै दुई लाख रुपैयाँ बिगोसहित जेल सजाय र जरिवाना तोकेको छ।


