काठमाडौं । नेपालले इटलीसँग विश्वकपमा लज्जास्पद हार व्यहोरेको छ।
इटलीका ओपनरद्वय मोस्का दाजुभाइले अविजित साझेदारी गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको हो।
नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२।४ ओभरमा विकेट नगुमाई भेट्टायो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे ।
जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै, एन्थोनीले ३ चौका र ६ छक्का हिर्र्काए । नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहिन बने ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९।३ ओभरमा १२३ रनमै अलआउट भयो ।


