काठमाडौं । सातवटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यालयले आज सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
६ महिनादेखि १ वर्षसम्म कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले अब कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।



