काठमाडौँ । आजदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्री प्रयोगमा रोक लागाइएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।
उनले प्लास्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा परेको नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यस्तो कदम चालिएको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छ्न, ‘यो निर्णयले सम्पूर्ण सरकारी निकाय तथा सरोकारवाला पक्षलाई समेत सकारात्मक सन्देश दिने विश्वास लिइएको छ र आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपेक्षा गरिएको छ ।’


