काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने जनाएको छ ।
अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागको भनाइ छ ।
पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा सेवा अवरुद्ध हुनसक्ने विभागले सूचनामार्फत् जानकारी गराएको हो । जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुने सूचनामा उल्लेख छ ।


