काठमाडौं । नयाँ सरकारमा मन्त्री बन्ने चर्चा भएसँगै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिक्रिया जनाएका छन् ।
पूर्व ऊर्जामन्त्रीसमेत रहेका घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने भन्ने हल्ला गलत भएको प्रष्ट पारेका छन् ।
‘तर नेपालको संविधानअनुसार गैरसांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’


