काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले सार्वजनिक बिदा दिए पनि आइतबार ओपीडी सञ्चालन गर्न निर्देशन दिएको छ ।
कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाहरूले जनशक्ति अभावका कारण आइतबार ओपीडी सञ्चालन गर्न नसक्ने बताएपछि मन्त्रालयको यस्तो निर्देशन आएको हो ।
मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, सन्तुलित र दिगो बनाउन आवश्यक कार्यविधि यथाशीघ्र कार्यान्वयनमा ल्याउने बताएको छ । मन्त्रालयले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालहरूलाई धन्यवाद व्यक्त गरेको छ ।


