काठमाडौं । इरानले युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुजमा अवरोध नपुर्याउने भएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले यो १० दिनको युद्धविराम अवधिमा सबै व्यावसायिक जहाजहरूलाई उक्त जलमार्गबाट आवतजावत गर्न अनुमति दिइएको बताए ।
अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । उनीहरूबीच आपसी वार्ता समेत भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजनमा अवरोध नहटाउँदो नाकाबन्दी गरेका थिए ।
युद्धविरामको अवधिमा पाकिस्तान, अमेरिका र इरानका त्रिपक्षीय प्रतिनिधिमण्डलबीच वार्ता समेत भएको थियो ।


