काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मुलुक प्रयोगशाला मात्र बनेको टिप्पणी गरेका छन् ।
सोमबार नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले मिलेर अघि बढ्नुपर्ने औँल्याएका छन्। ‘निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन,’ उनले भनेका छन्, ‘जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौँ। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढसंकल्पित बनौँ।’
उनले देशमा कुनै प्रकारको व्यवधान पर्न नदिन सरकार सतर्क हुनुपर्नेमा जोड दिएका छन्।


