काठमाडौं । प्रतिनिधि सभाको सचिवबाट हर्कराज राईलाई हटाइएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई प्रतिनिधि सभाको सचिवबाट हटाएका हुन्।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राईलाई सचिवबाट हटाइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
पदबाट हटाउनुअघि राईलाई सभामुखले स्पष्टीकरण सोधेका थिए । राईलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए ।



