काठमाडौं । कर्मचारीको तलब पुनरावलोकन गर्न मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको एक समितिले ५७ प्रतिशतसम्म तलब बढाउन सरकारलाई सिफारिस गरेको छ ।
समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब ५७ प्रतिशतसम्म बढाउन भनेको छ ।
।
बजेटको पूर्र्वसन्ध्यामा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले सरकारलाई सुझाएको हो । अर्याल समितिले मुख्यसचिव तहको तलब ५६।७१ प्रतिशतले वृद्धि गर्न सुझाएको छ । कार्यालय सहयोगी कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउँदै छ ।


