काठमाडौँ । सरकारे नयाँ अध्यादेश ल्याएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई एकसाथ पदमुक्त गरेको छ ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम मन्त्रिपरिषदुबाट नियुक्त भएका पदाधिकारीहरूलाई हटाएको जानकारी दिएको हो ।



