काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रमुख एजेन्डा रहेको बताइएको छ ।
भोलिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।


