काठमाडौं। लुइस डियाजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३(१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।
मेक्सिको सिटी स्टेडियममा उज्बेकिस्तानविरुद्धको खेलमा कोलम्बिया ३(१ ले विजयी भएको हो ।
६० औँ मिनेटमा उज्बेकिस्तानले विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गर्दै खेललाई बराबरीको स्थितिमा ल्यायो। उज्बेकिस्तानका लागि अब्बोसेक फैजुलेभले गोल गरेका थिए ।


