काठमाडौं । फिफा विश्वकप २०२६ मा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिलो खेलमा जापानसँग बराबरीमा रोकिएको रोनाल्ड कोम्यानको टोलीले यो जितसँगै समूह ‘एफ’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थान ओगटेको छ । समान खेलबाट स्वीडेनको ३, जापानको १ र ट्युनिसियाको शून्य अंक छ ।
खेलमा पराजित भए पनि स्वीडेनले गोलका थुप्रै अवसर सिर्जना गरेको थियो, तर डच गोलकिपरको उत्कृष्ट बचाउ र फितलो फिनिसिङका कारण उनीहरू चुके ।
यस खेलमा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका स्ट्राइकर ब्रोबीले खेलको पाँचौं र १७ औं मिनेटमा गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । २४ वर्षीय ब्रोबीले तीन वर्षअघि डेब्यु गरेयता देशका लागि यसअघि मात्र एक गोल गरेका थिए ।


